काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) बाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त हुने भएका छन् । अशोक राई नेतृत्वको जसपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्रालय र राज्यमन्त्री पाउने भएको हो ।
जसअनुसार जसपा नेपालले स्वास्थ्य मन्त्रालयमा प्रदिप यादवलाई पठाउने भएको छ । त्यस्तै राज्यमन्त्री जसपाकी आशिना खान बन्ने भएकी छन् ।
त्यस्तै वन तथा वातावरण मन्त्रीमा नवल किशोर साह सुडी नै रहने छन् । सत्ता गठबन्धनभित्र जसपालाई थप एक मन्त्रालय दिने सहमित भएको छ । जसपा नेपालले मन्त्रालयको टुंगो नलागेकाले रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्री बनाउने भएको छ ।
नयाँ मन्त्रीहरुको शपथ आज बेलुका पाँच बजे हुने जनाइएको छ । केही दिन अगाडि मात्रै जनता समाजवादी पार्टी (जसपा) नेपाल बाट अलग्गिएर अशोक राईले आफ्नो नेतृत्वमा जसपा गठन गरेका थिए ।




प्रतिक्रिया