जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव महाधिवेशन प्रतिनिधिमा निर्बिरोध चयन

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव महाधिवेशन प्रतिनिधिमा निर्बिरोध चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  जनता समाजवादी पार्टी नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्बिरोध चयन भएका छन।

बिहिबार गृह जिल्ला मोरङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. ५ बाट जसपा नेपालका अध्यक्ष यादव सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका हुन।
अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिमा सर्व सम्मत निर्बिरोध चयन भएकोमा सम्पूर्ण पार्टी पंक्ति एवं निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए।

सोही क्षेत्रबाट अध्यक्ष यादवसँगै जयराम यादव, सुरेश प्रसाद सिंह गनगाई ,भोगेन्द्र यादव, सदिना खातुन, जोगीलाल यादव, बिनिता सिंह लगायत पनि महाधिवेशन प्रतिनिधिमा निर्बिरोध चयन भएका छन।

जसपा नेपालको प्रथम राष्ट्रीय एकता महाधिवेशन यही जेष्ठ २८, २९ र ३० गते जनकपुरमा सम्पन्न हुँदैछ। अहिले देशैभरीबाट महाधिवेशनका लागी प्रतिनिधि चयन कार्य हुदैछ। महाधिवेशनमा करीब एक सय बढ़ी निर्वाचित प्रतिनिधि सहभागी हुनेछन।