जसपा विभाजनको विवाद: उपेन्द्रले दायर गरेको रिट पूर्ण इजलासमा पठाउन सर्वोच्चकाे आदेश

जसपा विभाजनको विवाद: उपेन्द्रले दायर गरेको रिट पूर्ण इजलासमा पठाउन सर्वोच्चकाे आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजन सम्बन्धी विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीशहरु हरि फुयाल र तिलप्राद श्रेष्ठको इजलासले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादले दायर गरेको रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

२३ वैशाखमा जसपा नेपालका ७ संघीय सांसद सहितका नेताहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले २४ वैशाखमा नै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी नाममा नयाँ दल दर्ता गरेको थियो ।

यता जसपा नेपालका अध्यक्ष यादवले आफ्ना पार्टीका नेताहरुले दिएको निवेदनका आधारमा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय संविधान र कानुन विपरीत भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।