जसपा बाराका १७ जना जनप्रतिनिधि एमालेमा प्रवेश

जसपा बाराका १७ जना जनप्रतिनिधि एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) बाराका जिल्ला नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार बारा क्षेत्र नम्बर २ का क्षेत्रीय उपाध्यक्ष सुरेन्द्र ठाकुर, पचरौता नगरपालिका वडा नम्बर ५ बाट निर्वाचित वडाध्यक्ष लक्ष्मी यादवसहित १७ जना जसपाका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए । सो अवसरमा अध्यक्ष ओलीले एमाले मधेशमा पनि पहिलो शक्ति बन्ने अभियानमा रहेको बताए ।

यसबीचमा मधेस प्रदेशका धेरै प्रभावशाली व्यक्तिहरू एमाले प्रवेश गरेका छन् । अध्यक्ष ओली फागुन दोस्रो साता पुनः मधेसमा पार्टी प्रवेश गराउने कार्यक्रम लिएर जाँदैछन् ।