प्रदेश २ मा थप तीन सांसदले छोडे जसपाको साथ, लोसपामा १५ सांसद पुगे

प्रदेश २ मा थप तीन सांसदले छोडे जसपाको साथ, लोसपामा १५ सांसद पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का थप तीन सांसदले महन्थ ठाकुर नेतृत्वको नयाँ पार्टी रोजेका छन् ।

सांसदहरु रानीशर्मा तिवारी, अभिराम शर्मा र उपेन्द्र महतोले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका हुन् ।

यसअघि जसपाका १२ सांसदले लोसपा पक्षमा सनाखत गरिसकेका छन् । अब योसँग लोसपामा १५ सांसद पुगेका छन् ।