साइबर क्राइममा मुद्धा दायर गर्ने जसपाका नेतालाई युवा संघ र अनेरास्ववियुको चेतावनी

साइबर क्राइममा मुद्धा दायर गर्ने जसपाका नेतालाई युवा संघ र अनेरास्ववियुको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले जनता समाजवादी पार्टीका नेताहरुविरुद्ध साइबर क्राइममा मुद्दा दायर गर्ने चेतानी दिएको छ ।

आफ्ना नेताहरुविरुद्ध अनर्गल रुपमा प्रचार गरी मानमर्दन गरेको भन्दै जसपाविरुद्ध निरन्तर प्रहार भएको भन्दै संयुक्त रुपमा युवा र विद्यार्थीले प्रदर्शन पनि गरेका छन् ।

अनर्गल प्रचार जारी रहे साइबर क्राइममा मुद्दाको प्रक्रिया अघि बढाउने उनीहरुको चेतावनी छ । अनेरास्ववियुका संयोजक ऐन महरले अनर्गल प्रचार नरोके मुद्दाको प्रक्रियामा जाने चेतावनी दिए ।

पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको भन्दै जसपाले नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ताको प्रक्रिया अघि बढाएको छ ।