काठमाण्डु – जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक सुरु भएको छ ।
बैठक पार्टी कार्यालय बालकुमारीमा केही बेरअघि सुरु भएको हो । सर्वोच्च अदालतले सोमबार संसद पुनः स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले बैठककाे मुख्य एजेण्डा शेरबहादुर देउवा सरकारमा सहभागी हुने या नहुने भन्ने विषय रहेको बताए । बैठकमा पार्टी अध्यक्ष यादव सहित संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायत कार्यकारिणी सदस्यहरु उपस्थित छन् ।




प्रतिक्रिया