जसपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

जसपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संसदीय दलको बैठक बोलाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा दलको विधान, संसदीय दलको नेता चयन, सरकार गठन लगायतका एजेण्डामा छलफल हुने जसपाका सांसद महेन्द्र राय यादवले जानकारी दिए ।

उनले दलको विधानको बारेमा छलफल गरेर त्यसलाई पारित गरेपछि मात्र संसदीय दलको नेता चयनको प्रकृया जाने बताए । कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेपछि जसपाको यादव पक्षले मन्त्री चयन गर्ने प्रकृया सुरु गरेको छ ।

यसअघि जसपाको महन्त ठाकुर पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको थियो । तर, जसलाई उपेन्द्र यादव पक्षले विरोध गर्दै आएको छ ।

ठाकुर पक्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी भएपछि जसपाको विवाद चरम उत्कर्षमा पुगेको थियो । पार्टीभित्र दुबै पक्षले एक अर्कालाई कारबाही गर्दै आइरहेका छन् । अध्यक्षद्धय ठाकुर र यादवले पार्टी आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पत्र दर्ता गराएको थियो । अहिले जसपाको अधिकारिकता विवाद निर्वाचन आयोगमा छ ।