बाबुरामलाई कारबाही गरेपछि जसपाभित्र खैलाबैला, धमाधम पार्टी छाड्दै नेताहरू

बाबुरामलाई कारबाही गरेपछि जसपाभित्र खैलाबैला, धमाधम पार्टी छाड्दै नेताहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को विवाद झन बल्झिएको छ । वीरगञ्जमा बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई पार्टीबाट निष्कासन गरेपछि पार्टीको विवाद झन् बढेको हो ।

भट्टराईलाई कारवाही गरेको भोलिपल्ट सो पार्टीका केन्द्रिय सदस्यद्धय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन् ।

जस अनुसार केन्द्रीय सदस्यद्वय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्य, मधेस प्रदेशका सदस्य सलाउदिन अहमद पार्टीका पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादव, जिरा भवानी गाउँपालिका संयोजक रजबली यादव, ठोरी गाउँपालिका संयोजक रामबहादुर पाख्रिनले पार्टी परित्याग गरेका हुन् । 

विरगञ्जमा पत्रकार सम्मेलन गर्दै पर्सा जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यदेखि वडा सदस्यले पार्टी परित्याग गर्दै अध्यक्ष यादवले पार्टीलाई स्वेच्छाचारिता र एकलौटी ढंगले चलाएको आरोप पनि लगाएका छन ।

‘देश र समग्र जनताको परिवर्तनका साथै नेपाली आदिवासी, जनजाति, मधेसी, दलित, थारु, पिछडावर्ग, सिमांकृत वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने महान उदेश्यका साथ पार्टीको जन्म भएको यथार्थलाई उल्टाएको उनीहरूले आरोप लगाएका छन् । 

पार्टी स्वेच्छाचारिता र एकलौटी ढंगबाट सञ्चालन भएको, नीति, नियम र नेतृत्व प्रस्ट नभएको, पार्टीका संगठनात्मक संरचनामा नभई पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको र पार्टीमा देश जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरुको चंगुलमा डुब्दै गएको’ उल्लेख गर्दै उनीहरूले पार्टी परित्याग गरेको जनाएका छन ।