काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टीभित्र विवाद उत्पन्न हुनुका कारण औल्याएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत जसपा विवादका ४ विषय मुद्दाका रुपमा बाहिर ल्याएका हुन् । नेता भट्टराईले पार्टीको बहसलाई व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक नभएको बताएका छन् ।
उनले भनेका छन्, ‘पार्टीभित्रको वहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक हैन ! जसपाभित्रको वहसका मुद्दा यी हुन् : क्षेत्रीय कि राष्ट्रिय पार्टी ? सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीति ? एकल नेतृत्व कि समावेसी सामुहिक नेतृत्व ? विधिसंगत कि स्वेच्छाचारी कार्यशैली ? बहस नै फुट हैन !’
संघीय परिषद अध्यक्ष भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच सौहार्दपूर्ण ढंगले अलग हुने समझदारी भएको चर्चा भइरहेका बेला पार्टीभित्रको बहस नै फुट नभएको भट्टराईले बताएका हुन् ।




प्रतिक्रिया