जसपा विवाद : निर्वाचन आयोगले दुवै पक्षलाई छलफलमा बोलायो

जसपा विवाद : निर्वाचन आयोगले दुवै पक्षलाई छलफलमा बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

जसपाको विवाद समाधानका लागि आयोगले दुवै पक्षलाई असार २२ गते छलफलका लागि बोलाएको हो । जसपाको दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका छन् ।

उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको आयोगका प्रवकता राजकुमार श्रेष्ठले बताए । ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि फुटको संघारमा रहेको जसपाका दुवै पक्ष आफूलाई आधिकारिक दाबी गर्दै आयोग पुगेका थिए ।

उपेन्द्र पक्षको दाबी पछि महन्थ पक्षले २० जना कार्यकारिणी थप गरेको पत्रसहित आफू आधिकारिक भएको भन्दै आयोगमा जवाफ पठाएको थियो । आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन भनेको हो ।