काठमाण्डु – नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य केन्द्रिय कमाण्डका तत्कालिन सैन्य कमाण्डर जीवन लामासहित ८८ जना नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
कमाण्डर लामा नेतृत्वमा ब्यूरो सदस्यहरु प्रह्लाद फुयाल, रौतहट जिल्ला पूर्व सेक्रेटरी गोपाल जिम्बालगायत विभिन्न तह र जिल्लाका ८८ जना नेताहरु जसपामा समाहित भएको पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उनीहरु काठमाण्डु, ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, दोलखा, धादिङ, नुवाकोट र सिन्धुली जिल्लाका विभिन्न तहगत जिम्मेवारीमा रहेका नेताहरु हुन् ।





प्रतिक्रिया