जसपा सांसद लामाले भनिन् : नेपाली कांग्रेस बेइमानहरुको झुण्ड रहेछ भन्ने प्रमाणित भयो

जसपा सांसद लामाले भनिन् : नेपाली कांग्रेस बेइमानहरुको झुण्ड रहेछ भन्ने प्रमाणित भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – जनता समाजवादी पार्टी गण्डकी प्रदेशसभा सदस्य धनमाया लामाले नेपाली कांग्रेस बेइमानहरुको झुण्ड भएको प्रतिक्रिया दिएकी छन ।

जसपाकी सांसद लामाले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेस बेइमानहरुको झुण्ड रहेछ भन्ने प्रमाणित भएको प्रतिक्रिया दिएकी हुन् । काँग्रेसले कुनै जिम्मेवारी नदिएपछि लामाले मन्त्रीहरूको शपथ चलिरहँदा वैशाख १३, असार ४, असार ८ र असार २३ गतेका पत्रहरूसमेत सार्वजनिक गरेकी छन् ।

‘कम्युनिस्टको सरकार गिराएर कांग्रेस नेतृत्वको सरकार बनाउन योगदान गरेकोमा जसपा गण्डकी प्रदेशलाई घोषणा गरेका उपहारहरू एकमुस्ट यता छ है । संसदीय व्यवस्थामा क्या दुरदर्शी हाम्रा नेतागणहरू वाह,’ उनले भनेकी छन् ।

सांसद लामाले नै फेसबुकमार्फत लेखेकी छन्, ‘इमान जमान नभएको बेइमानहरूको झुण्ड रहेछ नेपाली कांग्रेस, अब प्रमाणित भयो ।’ नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेतृत्वको सरकारले सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेपछि ४० औं दिनमा शुक्रबार पूर्णता पाएको थियो ।

सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादीबीच मन्त्रालयको बाँडफाँट टुंगिएपछि मन्त्रीको नियुक्ति र मन्त्रालय हेरफेर गरिएको थियो । विश्वासको मत लिनु अघि ४ असारमा निर्णायक शक्ति जसपालाई फकाउन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले अर्थ मन्त्रालयसहित दुई मन्त्रालय दिने लिखित सहमति नै गरेका थिए । तर, लिखित सहमति भएको अर्थ मन्त्रालय त काँग्रेसले बुझ पचाएर दिएन नै, दुई मन्त्री दिने भनेकोमा त्यो पनि कञ्जुस्याईं गरेर एक मन्त्रालयमा मात्रै सिमित राखेकाे हाे ।

अर्थमन्त्री दाबी गर्दै आएका जसपाका हरिशरण आचार्य उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयमा चित्त बुझाउन बाध्य भएका छन् । सांसद लामालाई पार्टीले कृषि तथा सहकारी मन्त्रीका लागि सिफारिस गरको थियो । तर, काँग्रेसले त्यो पनि दिएन् । काँग्रेसले एकपछि अर्को गरी पेल्दा २३ गते जसपाले सरकारबाट समर्थन फिर्ता लिने धम्कीसमेत दिएको थियो । तर, केही गर्न सकेन ।