जसपाका सबै माग पूरा गर्ने सहमति, रेशम चौधरीलाई रिहा गर्ने तयारी

जसपाका सबै माग पूरा गर्ने सहमति, रेशम चौधरीलाई रिहा गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले जनता समाजवादी पार्टीका माग पूरा गर्ने भएको छ । बिहीबार सरकार र जसपाले गठन गरेको कार्यदलबीच भएको बैठकबाट यस्तो सहमति भएको हो ।

सरकारले मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र सांसद रेशम चौधरीसहित अन्य बन्दीहरुलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको लक्ष्मणलाल कर्णले जानकारी दिए ।

गृहमन्त्रालयले सबै जिल्लामा रहेका आफ्ना कार्यकर्ताहरुलाई रिहा गर्न निर्देशन दिने उनले बताए । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा फाइल बुझाएको थियो ।

उनले सरकारलाई समर्थन गर्ने विषयमा अहिले नै निर्णय नभएको बताएका छन् । नेता कर्णले प्रधानमन्त्रीले पटकपटक सरकारलाई समर्थन गर्न आग्रह गरेपनि पार्टीभित्र छलफल नभएको बताए ।

‘प्रधानमन्त्री अ‍ोलीले आज मात्र होइन, सरकारलाई समर्थन गर्न, सरकारमा आउन सधै आग्रह गर्दै आउनु भएको छ, हामीले हाम्रो माग पुरा भएपछि मात्र त्यसको बारेमा निर्णय लिने भन्दै आएका छौं,’ उनले भने ।