जसपा लुम्बिनी : निर्वाचन आयोगले बनायो निर्मला मुडभरीलाई समानुपातिक सांसद

जसपा लुम्बिनी : निर्वाचन आयोगले बनायो निर्मला मुडभरीलाई समानुपातिक सांसद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेशसभा सदस्यमा निर्मला मुडभरी भट्टराईलाई निर्वाचित गरेको छ ।

यसअघि समानुपातिक सांसद रहेकी कल्पना पाण्डेलाई जसपाले कारबाही गरेपछि रिक्त भएको प्रदेशसभा सदस्यमा आयोगले रुपन्देहीकी निर्मला मुडभरी भट्टराई सांसद बनाएको हो ।

आयोगका सचिव सुरेश अधिकारीले लुम्बिनी प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै निर्मला निर्वाचित भएको जानकारी गराएका छन् । साउन ३२ गते जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णयअनुसार बन्दसूची उम्मेदवारमध्येबाट निर्मलालाई आयोगको भदौ १० गते बैठकले रिक्त पदमा निर्वाचित गरेको पत्रमा उल्लेख छ ।

जसपाले एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै कल्पना पाण्डेसहित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादवलाई कारबाही गरी प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो । जसपाको उक्त निर्णयविरुद्ध उनीसहित ४ सांसदले सर्वोच्चमा दिएको मुद्दा भने विचाराधीन छ ।