जसपा लुम्बिनीका तीन सांसदलाई निष्कासित गरेको पत्र प्रदेशसभा सचिवालयमा

जसपा लुम्बिनीका तीन सांसदलाई निष्कासित गरेको पत्र प्रदेशसभा सचिवालयमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका ३ जना सांसदलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पुगेको छ ।

जसपाले प्रदेशसभा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीबाट निश्कासन गरेको पत्र सचिवालयमा पुगेको संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए ।

पार्टीको निर्णयविपरित प्रदेश सरकारमा सहभागी भएपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको थियो । तर, त्यसको चित्तबुझ्दो जवाफ नदिएकापछि राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरिएको जसपाले जनाएको छ ।