मधेशमा ढल्यो जसपा नेपाल नेतृत्वको सरकार

मधेशमा ढल्यो जसपा नेपाल नेतृत्वको सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार ढलेको छ । बुधवार मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएसँगै जसपा नेपाल नेतृत्वको सरकार ढलेको हो ।

मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।

उनले विश्वासको मत पाउन सकेनन् । २३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए ।