काठमाण्डु – जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले थप गरेका कार्यकारिणी समितिको नामावली निर्वाचन आयोगलाई बुझाएको छ ।
कार्यकारिणी समितिमा अल्पमतमा परेपछि अध्यक्ष ठाकुरले आफ्ना पक्षबाट २० जना सदस्य थपेका हुन् । थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि असार १ गते उनले आयोगमा दर्ता गराएको उनीपक्षीय एक नेताले बताए ।
जेठ ३० गते नै आयोगले एकजना अध्यक्षले मात्र कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने निर्णय गरेको थियो । तर ठाकुरले २० जनाको नाम थपेर आयोगमा अध्यावधिकका लागि पठाएका हुन् । यसबारे आयोगले हालसम्म कुनै निर्णय गरेको छैन ।
बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा।विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा.सुरेन्द्र झा को नाम भएका कार्यकारिणी समितिमा थप भएको छ । थप गरिएका २० जनामध्ये सबैजना महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन् ।




प्रतिक्रिया