तालमेलको साइड इफेक्ट : जसपाका मन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी

तालमेलको साइड इफेक्ट : जसपाका मन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेका जसपाका मन्त्री हटाउने तयारी गरेका छन् ।

सत्ता गठबन्धनमै रहेर विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि रुष्ट बनेका प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिए बर्खास्त गर्ने तयारी गरेका हुन् ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकपछि राजीनामा माग गरिएको जसपाका एक मन्त्रीले जानकारी दिए । जसपाले एमालेसँग केन्द्रमा र प्रदेशका केहि स्थानमा तालमेल गरेको छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मन्त्री हेरफेर गर्न मिल्ने नमिल्ने विषयमा देउवाले प्रमुख निर्वाचन आयुक्तसँग परामर्श समेत गरिसकेका छन् ।

जसपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव देउवा क्याबिनेटमा छन् ।