यी हुन् सरकारमा रहेका जसपा र पूर्वमाओवादीका १३ जना मन्त्री (सूचीसहित)

यी हुन् सरकारमा रहेका जसपा र पूर्वमाओवादीका १३ जना मन्त्री (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टीबाट ११ जना मन्त्री बनेका छन् ।

बिहीबार भएको मन्त्रिपरिषद् विस्तारमा राजकिशोर यादव पनि थपिएपछि ओली नेतृत्वको सरकारमा जसपाबाट ११ जना मन्त्री भएका हुन् । यादवले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

जसपाबाट मन्त्री हुनेमा वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिंचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तब श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री , चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री छन् ।

त्यस्तै पूर्वमाओवादी केन्द्रबाट दुई जना मन्त्री बनेका छन् । पूर्वमाओवादी केन्द्रबाट नैनकला थापा र ज्वालाकुमारी शाह मन्त्री बनेका छन् । नैनकला रामबहादुर थापा बादल पत्नी हुन् । थापालाई सञ्चार र शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।