जसपा संसदीय दलको बैठक जारी, यस्ता छन् एजेण्डा

जसपा संसदीय दलको बैठक जारी, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जनता समाजवादी (जसपा) संसदीय दलको बैठक जारी रहेको छ ।

मंगलबार गठबन्धनमा मन्त्रालयको टुंगो लागेपछि जसपा संसदीय दलको बैठक सिंहदरबारमा बसेको हो । साे बैठकमा मन्त्रीको नाम चयन गर्ने लगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ । 

यसअघि भने दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा सहभागि नहुने अडानमा रहेका अध्यक्ष उपेन्द्र यादव सरकारमा मन्त्री पठाउने विषयमा सो बैठकमा छलफल गरिरहेका छन् ।