काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा बसिरहेको छ ।
जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाण्डुमा पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आयोजना गरेकै दिन अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।
कार्यकारिणी समितिका ३५ सदस्यमध्ये वीरगञ्जमा १६ सदस्य उपस्थित भएको जनाइएको छ । अध्यक्ष यादव पक्षले बुधबार वीरगञ्जमै केन्द्रीय समिति बैठक आयोजना गर्ने जनाइएको छ । पछिल्लो समय जसपा फुटको डिलमा पुगेको छ । यादव र भट्टराईले सहमतिमै छुट्टिनेसमेत गरिसकेका छन् ।




प्रतिक्रिया