कांग्रेसलाई समर्थन गर्ने निर्णय आधिकारीक नभएको जानकारी दिन ठाकुर र महतो देउवा निवासमा

कांग्रेसलाई समर्थन गर्ने निर्णय आधिकारीक नभएको जानकारी दिन ठाकुर र महतो देउवा निवासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सुरु भएको छ । सभापति देउवाको निजी निवास बुढालिकण्ठमा आइतवार विहानैदेखी सुरु भएको भेटवार्तामा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि सहभागी छन् ।

भेटमा सत्ता समीकरणबारे छलफल हुन लागेको बताइएको छ । जसपा अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवालाई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले गरेको निर्णय उनको व्यक्तिगत भएको र जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय नगरेको जानकारी दिने जसपाका एक नेताले बताए ।

नेकपाका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १५ सांसदले सांसद पदबाट राजीनामा दिने तयारीसंगै कांग्रेस सभापतिले नयां सरकार गठनका लागी छलफल सुरु गरेका छन् । उनले जसपाका २१ सांसदको सहयोग खोजिरहेका छन् । तर, जसपामा बहुमत सांसद अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने पक्षमा छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष भने देउवाको नेतृत्वमा सरकार बनाउने पक्षमा छ । प्रधानमन्त्री ओली र देउवा कसलाई समर्थ गर्ने भन्नेमा जसपाभित्र बिवाद छ । यही विवादले पार्टी नै विभाजन हुने सम्भावना पनि छ ।