भिमराजले राजविराजमा ०७४ मा जोसँग हारे अहिले उसैलाई हराए

भिमराजले राजविराजमा ०७४ मा जोसँग हारे अहिले उसैलाई हराए

मेयर/उपमेयर दुबै पदमा जसपा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भनिन्छ, ‘बगेको खोला फर्किँदैन । तर, सप्तरीको राजविराजमा हालसालै नवनिर्वाचित एक जनप्रतिनिधिले भने पाँच वर्षपछि ‘खोर्ला फर्काएका’ छन् । मतलब, पाँच वर्षअघि आफ्नो पोल्टामा पार्न नसकेको नतिजा पाँच बर्षपछि ‘पासा पल्टाएर’ झोलीमा हाल्न सफल भएका छन् ।

उनी हुन्, राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर । नगरप्रमुखमा जसपाका उम्मेदवार भिमराज ९ हजार ६२४ मत ल्याएर निर्वाचित भए भने उनका निकटम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका शम्भु यादव ४ हजार ८ सय ७ मतसहित पराजित भए ।

अहिले नगरप्रमुखमा निर्वाचित भिमराज उनै हुन्, जो २०७४ को चुनावमा अध्यक्ष पदमै निकटतम प्रतिस्पर्धी भएर हार व्यहोरे । अनि, यो पटक भिमका निकटतम प्रतिस्पर्धी भएर हार व्यहोर्ने उनै हुन्, जसले अघिल्लो चुनावमा उनलाई हराए ।

स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट १५ मत अन्तरले शम्भु जित्दा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका भिमराजले हार बेहोर्नु परेको थियो ।

तत्कालीन राजपा र संघीय समाजवादी फोरम मिलेर जसपा बनेको थियो । तर, पछि पूर्व राजपाका नेताहरु लोसपा बनाएपछि शम्भु जसपामै बसेका थिए । पार्टीले टिकट नदिएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरी चुनाव लडे । जसपाले भने भिमराजलाई नै टिकट दिएर उम्मेदवार बनाएको थियो ।

उपमेयरमा पनि जसपाकै इसरत प्रवीण निर्वाचित भएकी छन् । ७ हजार २६४ मत ल्याएर उनी निर्वाचित हुँदा नेपाली कांग्रेसकी सुशिला यादवले ४ हजार ४२७ मत ल्याइन् ।