काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवक्तामा मनिषकुमार सुमन चयन भएका छन् ।
जसपाको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई उक्त जिम्मेवारी दिएका हुन् ।
यसअघि जसपाको प्रवक्ता डम्बर खतिवडा थिए । जसपाबाट बाबुराम भट्टराई समूह अलग भएपछि उनले पनि जसपा छाडेका थिए ।
मनिष सप्तरीको प्रदेशसभा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसदसमेत हुन् । सुमनले आफूलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको भन्दै नेतृत्वप्रति धन्यवाद ज्ञापन गरेका छन् ।




प्रतिक्रिया