जसपाका दुई नेता जेल चलान

जसपाका दुई नेता जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी नेपालका दुई नेता जेल चलान भएका छन् । मधेस आन्दोलनका क्रममा सरकारी गाडी जलाएको मुद्दामा बारास्थित कलैया उपमहानगरपालिका ४ का प्रमोद गुप्ता र फेटा गाउँपालिकाका सञ्जय तिवारीलाई जिल्ला अदालत बाराले जेल चलान गरेको हो । गुप्ता संविधानसभा सदस्य र तिवारी जसपाका जिल्ला नेता हुन् ।

२०७४ सालमा मधेस आन्दोलनका क्रममा कलैया अस्पतालको गाडीमा आगजनी गरेको आरोपमा उनी दुवैजनामाथि स्थानीय प्रशासनले मुद्दा चलाएको थियो । अदालतले २०७४ माघ २५ मा दुवै जनालाई ६–६ महिना जेल सजाय र गाडीमा आगजनी गरी क्षति पुर्याए बापत ९ लाख ८३ हजार ३३३ रुपैयाँ ३३ पैसा पीडितलाई दिनुपर्ने फैसला सुनाएको थियो ।

अदालतले फैसला सुनाएपछि फरार रहेका उनीहरु बिहीबार अदालतमा हाजिर भएका थिए । दुवै जनालाई बीरगञ्ज कारागार चलान गरिएको अदालतले जनाएको छ ।