काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले हिंसा भड्काउन खाजेको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको हिंसात्मक अभिव्यक्तिको आलोचना भइरहेका बेला जसपाले विज्ञप्ति जारी गर्दै जसपाको कार्यक्रम, पार्टीका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित अपराधिक कार्य अब उप्रान्त नगर्न चेतावनी दिएको हो । यद्यपि मन्त्री यादवले जनमत पार्टी र त्यसका अध्यक्ष विरुद्ध दिएकाे अभिव्यक्तिबारे भने पार्टीले केही बोलेको छैन ।
‘जनता समानवादी पार्टी नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता अपराधिक कार्य अब उप्रान्त नथर्न सचेत गराइन्छ,’ केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
बधुबार मन्त्री यादव रौतहटको गौरमा आयोजित कार्यक्रममा जाने क्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोधका बीच कार्यक्रममा पुगेकी मन्त्री यादवले गौर नरसंहार सम्झिँदै खुलेआम सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।
उक्त हिंसात्मक अभिव्यक्ति दिएर विवादमा तानिएकी यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न सर्वत्र माग गरिएको छ । साथै जसपाले जनमत पार्टीले गैर राजनीतिक क्रियाकलाप गरिरहेको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।





प्रतिक्रिया