जसपाका १४ जना नेता/कार्यकर्ता पार्टीबाट निष्कासित

जसपाका १४ जना नेता/कार्यकर्ता पार्टीबाट निष्कासित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले १४ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले केही दिन पहिले जसपा त्यागेका १४ जना नेता तथा कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका जसपाले जनाएको छ ।