चितवनमा गठबन्धनबाट बाहिरियो जसपा

चितवनमा गठबन्धनबाट बाहिरियो जसपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) चितवनको पाँच दलीय गठबन्धनबाट बाहिरिएको छ ।

गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत कांग्रेस, माओवादी र एकीकृत समाजवादीले कार्य गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो ।

जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले गठबन्धनमा रहेका अन्य दलहरूले महत्व नदिएको भन्दै गठबन्धनबाट अलग भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गठबन्धनको बैठकमा आफूहरूलाइ नबोलाइएको र २९ वटै वडामा अध्यक्षसहित सदस्यहरूमा मनोमानी ढंगबाट बाँडफाँट गरिएकाले गठबन्धनबाट बाहिरिएको उनले बताएका छन् ।

उनले बैशाख ३० गते हुने चुनावमा वडाध्यक्षसहित सदस्यहरूमा आफ्ना उमेदवारहरूलाई मित्रवत प्रतिस्पर्धामार्फत जिताउन समेत सबैमा आग्रह गरेका छन् ।