जसपाकाे राजनीतिक समितिको बैठक बस्दै

जसपाकाे राजनीतिक समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक आज पनि बस्दैछ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)काे राजनीतिक समितिको बैठक ललितपुरको ज्यापु समाज भवनमा आज दिउँसाे १ बजे बस्ने भएकाे हाे ।

बैठकमा निर्वाचनको समीक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरूसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक साेमबारदेखि सुरु भएकाे हाे।