काठमाण्डु – सम्पर्कविहिन भएकी भनिएकी जनता समाजवादी पार्टीकी सांसद सम्पर्कमा आएकी छन् ।
जसपाको नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य पुुर्मती ढेंगा आइतबार बिहान कपिलवस्तुबाट सम्पर्कबिहीन भएकी थिइन् । उपेन्द्र यादव पक्षकी सांसद ढेंगा आज बिहान सम्पर्कमा आएको प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए ।
सांसद ढेंगा आइतबार बिहान देखि हराएको भन्दै जसपाले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद आज सम्पर्क आएको पार्टीका नेताहरुले जानकारी दिएको बताए ।
जसपाको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले आज कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गर्दैछ । त्यसअघि सांसद ढेंगा सम्पर्कबिहीन भएकी हुन् ।




प्रतिक्रिया