सांसद र पूर्वआईजीविरुद्ध जाहेरी दर्ता गर्न जसपाका नेता सरकारी वकिल कार्यालय पुगे

सांसद र पूर्वआईजीविरुद्ध जाहेरी दर्ता गर्न जसपाका नेता सरकारी वकिल कार्यालय पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसद र पूर्वआईजीविरुद्ध जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन्

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्धय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु सरकारी वकिल कार्यालय पुगेका हुन् ।

अपहरणमा परेका भनिएका डा. यादव, राजेन्द्र महतोसहित नेताहरु बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।

उनलाई बुधबार जनकपुरबाट अपहरण गरेको बताइएको छ । सांसद यादवले आफूलाई ज्यान मार्ने धम्की आएको बताउँदै आएका छन् । उनले आफूलाई पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेको आरोप लगाउँदै आइरहेका छन् ।