लुम्बिनीका तीन सांसद निष्कासन गर्ने जसपाको निर्णय

लुम्बिनीका तीन सांसद निष्कासन गर्ने जसपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सभाका तीन जना सांसदलाई पार्टीबाट निष्कासित गरेको छ ।

मंगलबार बसेको जसपाको कार्यकारिणी बैठकले लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसदहरु विजय यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई पार्टीबाट निष्कासित गरेको हो ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी ४ जना सांसद मध्ये केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् । उनीहरुलाई निष्कासित गरेसँगै प्रदेश सांसद पद रिक्त राख्नका लागि जसपाले त्यहाँका प्रदेश सभामुखलाई पत्र लेख्ने निर्णय गरेको छ ।

जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि पनि जसपाको उपेन्द्र यादव पक्षले पार्टीबाट निष्कासन गरेको थियो । जसपाको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद सर्वोच्चको आदेशमा थमौती भएको थियो ।

जसपाको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट पार्टी आधिकारिकता पाएपछि पहिलो पटक आज बसेको बैठकले फेरि ती सांसदहरुलाई कारबाही गरेको नेता इस्तियाक राईले जानकारी दिए ।