जसपाका पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश (फैसलासहित)


काठमाण्डु – सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्ने आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदहरु सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्वहालीको आदेश दिएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बहुमतको निर्णयलाई उनिहरुलाई कारवाही गर्ने निर्णय गरेको दावी गरेको थियो । यादव पक्षकै निर्णयका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले उनिहरुलाई वैशाख १७ मा पदमुक्त गरेका थिए । त्यसपछि जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभा सचिवालयलाई पत्र लेख्नुका साथै निर्वाचन आयोगमा समेत पुगेका थिए भने मन्त्रीहरु रिट लिएर आफै सर्वोच्च अदालत पुगेका थिए ।

यादव पक्षले पदमुक्त गरेका चारै जनालाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री नियुक्त गरिसकेका छन् । उनिहरुको पुर्नवाहालीपछि पोखरेल नेतृत्वको सरकार झन बलियो भएको छ ।

यस्तो छ फैसलाको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस
Advertisement