उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय लिएर जसपा सरकारमा सहभागी हुंदै, आजै सपथ हुने सम्भावना

उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय लिएर जसपा सरकारमा सहभागी हुंदै, आजै सपथ हुने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) आज सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार राती भएको लामो छलफलपछि ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने सम्भावना छ ।

प्रधानमन्त्री ओलीले आज आफु निकट नेताहरुसंग त्यसबारेमा छलफल गर्दैछन् । जसपामा ठाकुर पक्षको केन्द्रिय कार्यकारिणीमा बहुमत नजुटेपछि सरकारमा सहभागी हुन ढिलाई भएको थियो ।

बहुमत जुटाउनका लागी महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरु सक्रिय भएका थिए । अहिले ठाकुरको पक्षमा कार्यकारिणी र संसदीय दल दुवैमा ठाकुरको पक्षमा बहुमत पुगिसकेको स्रोतको दावी छ । प्रधानमन्त्री ओली र ठाकुरबीच जसपालाई ८ मन्त्रालय र दुई राज्यमन्त्री दिने सहमति भइसकेको छ ।

जसपाले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र भौतिक मन्त्रालय पाउने सहमति भइसकेको स्रोतको दावी छ ।

सर्वोच्च अदालतले पूर्वमाओवादी केन्द्रका नेतालाई मन्त्रीबाट पदमुक्त गरेपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले सम्हालिरहेका छन् । तिनै मन्त्रालय जसपालाई दिने सहमती भएको हो ।

जसपाबाट सरकारको नेतृत्व गर्न लागेका महतो उपप्रधानमन्त्री बन्ने निश्चित भएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र उनका समूहका केही नेताहरुलाई समेत सरकारमा सहभागी गराउने गरी छलफल अघि बढेको बताइएको छ ।

जसपाबाट नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, यादव, उमाशंकर अरघरिया, अनिल झा, प्रमोद शाहलगायत मन्त्री बन्ने सुचीमा छन् । नयाँ मन्त्रीहरुले आज सांझै सपथ गर्ने तयारी रहेको बुझिएको छ ।