काठमाण्डु – जनता समाजवादी पार्टी नेपालले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएको छ ।
मंगलबार बसेको जसपाको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
सांसद कृष्णबहादुर चौधरीले विश्वासको मत दिने आधार नदेखिएको उक्त निर्णय गरेको बताए । सुदूरपश्चिम प्रदेशमा जसपाका तर्फबाट चौधरीसँगै मालामतीकुमारी राना थारु प्रदेशसभा सदस्य छन् ।
५२ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १३ र कांग्रेसका १२ सांसद छन् । प्रदेश सभामा बहुमतका लागि २७ जना आवश्यक पर्दछ ।
मंगलबार नै बसेको एमाले र कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन्।




प्रतिक्रिया