काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक जारी छ । केहि बेरअघि सुरु भएको बैठकमा पाँच एजेन्डामा छलफल गरिने सांसद मोहम्मद इस्तियाक राईले बताए ।
उनले समसामयिक राजनीतिक, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, प्रशिक्षण अभिमुखिकरण, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने लगायतका एजेण्डामा छलफल गरिने जानकारी दिए ।
त्यस्तै महन्थ ठाकुर पक्षले पनि कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी भित्रको विवाद र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बैठकको एजेण्डा रहेका छन् । पार्टीमा उपेन्द्र यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विषयलाई लिएर विवाद छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई महन्थ ठाकुर समूहले समर्थन गरेपछि ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहबीच विवाद बढेको थियो ।




प्रतिक्रिया