जसपा र एमालेबीच ५२ सिटमा तालमेल, जसपाले पायो १७ सिट

जसपा र एमालेबीच ५२ सिटमा तालमेल, जसपाले पायो १७ सिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले र जसपा नेपालबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ । एमालेले प्रतिनिधिसभाका १७ सिट जसपालाई दिने सहमति भएको हो । सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

नेकपा एमाले र जसपा नेपालबीच शनिबार तालमेलका निर्णय भएको हो । तालमेल भएका निर्वाचन क्षेत्रहरु बाहेक अन्य निर्वाचन क्षेत्रहरुमा दुवै पार्टीले उम्मेदवारी दिन सक्ने र यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने सहमति भएको छ ।