जसपालाई उपभामुख दिन एमाले तयार

जसपालाई उपभामुख दिन एमाले तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले जनता समाजवादी पार्टीलाई उपसभामुख दिन सहमत भएको छ । सत्तारुढ दल एमाले र जनता समाजवादी पार्टीबीच नयां सत्ता समिकरणका लागि कार्यदल बनाएर छलफल सुरु भएको थियो ।

डा.शिवमाया तुम्वाहाङ्फेले राजीनामा दिएपछि रिक्त रहेको उपभामुख जसपालाई दिन एमालेले सहमत भएको स्रोतले जानकारी दियो । जसपा नेताहरुले भने पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन् ।

जसपाका एक नेताले भने, ‘उहाँहरुले उपसभामुखको प्रस्ताव गर्नुभएको छ । तर, हामीले पार्टीमा छलफल गरेर निर्णय लिन्छौं भन्यौं ।’

प्रदेशमा सरकार परिवर्तनका विषयमा जसपा निर्णायक रहेकाले एमालेले जसपालाई सरकारमा ल्याउन अधिकतम लचकता अपनाउने भएको छ । त्यस्तै सरकारले रेशम चौधरीलाई रिहा गर्नेसमेत तयारी थालेको छ ।

जसपा नेताहरुले जेलमा रहेका आफ्ना सांसदलाई रिहा गर्नुपर्ने माग गरेका छन् । जसपा नेता लक्ष्मणलाल कर्णले रेशम चौधरकिो रिहाईका लागि सरकार तयार रहेको जानकारी दिए ।

‘सांसद रेशम चौधरीको रिहाइका सम्बन्धमा मात्रै वार्ता गरेको हो । हामीले उहाँहरूका कुरा सुन्यौं । हाम्रा कुरा भन्यौं । सांसद रिहाइबारे उहाँहरूको जवाफ सकारात्मक छ’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमालेबाट नेताहरु बिष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराईलाई वार्तामा खटाएका छन् भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी छन् ।