उपेन्द्रले बोलाए कार्यकारिणी बैठक, ठाकुर पक्ष नजाने

उपेन्द्रले बोलाए कार्यकारिणी बैठक, ठाकुर पक्ष नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले बैठक दिउँसो २ बजेका लागि पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेगरि बोलाएका हुन् ।

बैठकमा संसदीय दलको विधान मस्यौदालाई अनुमोदन गर्ने, पार्टी आधिकारिकतापछि विकसित घटनाक्रम र सरकारमा सहभागी हुने विषयमा छलफल हुने कार्यकारिणी सदस्य प्रदिप यादवले जानकारी दिए ।

उनले बैठकमा महन्थ ठाकुर पक्षलाई पनि बोलाइएको बताए । तर, ठाकुर पक्ष भने बैठकमा सहभागी नहुने भएको छ । निर्वाचन आयोगले अन्याय गरेकाले त्यसलाई स्वीकारेर उपेन्द्र यादबले बोलाएको बैठकमा आफुहरु नजाने ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बताए ।

उनले आफूहरु निर्वाचन आयोगले गरेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा जाने विषयमा आन्तरिक छलफलमा रहेको बताए । पार्टी विवादबारे ठाकुर पक्षले हालेको रिटमा सर्वोच्च अदालतले साउन १५ गते दुबै पक्षलाई बोलाएको छ ।

निर्वाचन आयोगले पार्टी आधिकारिकता दिएपछि यादव पक्षले ठाकुर पक्षलाई गल्ती स्वीकारेर सार्वजनिक आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने बताएका छन् ।