जसपाको विधान संशोधन : उपेन्द्र यादव एकल अध्यक्ष

जसपाको विधान संशोधन : उपेन्द्र यादव एकल अध्यक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) ले विधान संशोधन गरेको छ । वीरगन्जमा दुई दिनदेखि बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गरी पार्टीमा एक अध्यक्ष रहने व्यवस्था गरेको हो ।

यसअघि जसपामा दुई अध्यक्षको व्यवस्था थियो । १ साउन २०७८ मा जसपा विभाजन गरी महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि एउटा अध्यक्ष पद रिक्त थियो । सोही रिक्त पदमा अशोक राईलाई ल्याउन संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए ।

सोही विषयमा विवाद बढ्दै जाँदा जसपा विभाजन भएको छ । अब जसपामा उपेन्द्र यादव एकल अध्यक्ष छन् भने अशोक राईलाई संघीय परिषद अध्यक्ष बनाइएको छ ।