काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका १९ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
आइतबार बसेको यादव पक्षको संसदीय दलको बैठकमा १९ जना जसपा सांसद सहभागी भएको जसपाका नेता इस्तियाक राईले जानकारी दिए । यससंगै जसपाको संसदिय दलमा ३२ जनामध्ये १९ जना यादवको पक्षमा पुगेका छन् । यसअघि २० जना सांसदको समर्थन गरिएको भनिए पनि १९ जनाले मात्रै हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री देउवाले अपराह्न ४ बजेपछि प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा यादव पक्ष र एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेका छन् ।
प्रधानमन्त्री देउवालाई केपी शर्मा अोली नेतृत्वको सरकारमा मन्त्री बनेकी सांसद रेनुका गुरुङले पनि समर्थन गरेकी छन् । उनी ओली सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी थिइन् ।





प्रतिक्रिया