महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगमा

महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन् ।

पार्टीको आधिकारिकताका विषयमा दुवै पक्षले दाबी गरेपछि निर्वाचन आयोगले ठाकुर र यादव पक्षलाई छलफलका लागि बोलाएको थियो ।

आयोगले जसपाको विवाद समाधानका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । जसपाको दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।

उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको हो । ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि फुटको संघारमा रहेको जसपाका दुवै पक्ष आधिकारिक दाबी गर्दै आयोग पुगेका थिए ।

उपेन्द्र पक्षको दाबी पछि महन्थ पक्षले २० जना कार्यकारिणी थप गरेको पत्रसहित आफू आधिकारिक भएको भन्दै आयोगमा जवाफ पठाएको थियो । आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन भनेको हो ।

ठाकुर पक्षका एक नेताले मिलेर जाने सम्भावना सकिएको बताए । नेता बिमल प्रसाद श्रीवास्तवले जसपा फुटको संघारमा पुगेको बताए । उनले दुबै पक्षमा मनमुटाब कायमै रहेको र अब मिलेर जाने सम्भावना सक्किएको बताएका हुन् ।