‘चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ उपहार योजना सुरु

‘चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ उपहार योजना सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली पेन्ट्स कम्पनीहरूमध्ये अग्रणीका रूपमा स्थापित जस्मिन पेन्ट्सले यस वर्ष पनि ‘चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ नामक उपहार योजना २०८२ सुरु गरेको छ ।

कम्पनीले आउँदै गरेका चाडपर्वहरूलाई लक्षित गरी भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म योजना सञ्चालनमा ल्याएको हो ।

योजनाअन्तर्गत ग्राहकले नजिकैको डिलरमार्फत कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सको उत्पादन खरिद गर्दा एक लक्की ड्र कुपन प्राप्त गर्नेछन् । कुपनमार्फत आकर्षक उपहार जित्न सकिनेछ ।

कम्पनीका अनुसार यसपटकको उपहार योजनामा १ हजार ८२ जना ग्राहक विजयी हुनेछन् । जसअन्तर्गत १ जनाले बम्पर उपहार स्वरूप जापान भ्रमणको अवसर पाउनेछन् भने ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्नेछन् ।

लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारणमार्फत सम्पन्न गरिने कम्पनीले जनाएको छ ।

३१ वर्षदेखि निरन्तर ‘नेपाली मनको रंग’ नाराका साथ बजारमा सक्रिय जस्मिन पेन्ट्सले अन्तर्राष्ट्रिय गुणस्तरका उच्चस्तरीय पेन्ट उत्पादन गर्दै आएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत कम्पनीले घर रंगरोगनका लागि नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल हुँदै आएको दाबी गरेको छ ।