काठमाण्डु – जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो लैनचौरस्थित भारतीय दूतावासमा पुगेका छन् ।उनी बिहान पौने ११ बजे भारतीय दूतावासमा पुगेका श्रोतले जनाएको छ।
यसअघि गत वैशाख ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली निरन्तर हुने निश्चित भएपछि आफ्ना सांसदहरुलाई एक रिसोर्टमा राखेर वरिष्ठ नेता महतोसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर भारतीय दूतावास गएका थिए।
विकसित राजनीतिक घटनाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका यी नेताहरुको भारतीय दूतावासमा लगातार दौडधूप चाल्नुलाई निकै चासोका साथ हेरिएको छ।




प्रतिक्रिया