काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण लगायतका नेता बालुवाटार पुगेका छन् ।
सत्ता समीकरणको सम्भावना र औचित्यका विषयमा ओलीसँग छलफल गर्न उनीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । सत्ता समीकरण र जसपाले उठाउँदै आएको एजेण्डाका विषयमा जसपाका नेताहरु र प्रधानमन्त्रीबीच निरन्तर छलफल भइरहेको छ ।
तर जसपाले ओली सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेबारे प्रस्ट धारणा बनाइसकेको छैन । सोमबार साँझ पनि जसपाका नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए ।




प्रतिक्रिया