काठमाण्डु- भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह आईसीसी च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी नखेल्ने भएका हुन् । १५ सदस्यीय टोलीमा बुमराहको स्थानमा तेज बलर हर्षित राणा हुने छन् ।
टोलीमा अर्को परिवर्तन पनि भएको छ । वरुण चक्रवर्तीलाई यशस्वी जायसवालको स्थानमा टोलीमा समावेश गरिएको उल्लेख छ ।
च्याम्पियन्स ट्रफी फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र यूएईमा हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न नमानेपछि हाइब्रिड मोडलमा केही खेल पाकिस्तान र केही यूएईमा हुने तालिका छ ।
च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, अष्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बङ्गलादेशले खेल्नेछन् ।




प्रतिक्रिया