जय जय नेपाल गीत सार्वजनिक (भिडियोसहित)


काठमाडाैं –  सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दास र विपिन घिमिरेको स्वरमा रहेको ‘जय जय नेपाल’ काे गीत सार्वजनिक भएको छ ।

राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत अशोक शेरचनले लेखका हुन् । युट्युवबाट सार्वजनिक गरिएको यो गीतमा ‘हामी नेपाली हुनुमा गर्व गर्छौ । हाम्रो प्यारो देश नेपाल ।

यही नेपाल रहे आफूलाई नेपाली भन्न पाइन्छ,’ भन्ने गीतको शब्दलाई दर्शक स्रोताले मन पराएका छन् । यो राष्ट्रिय गीतको म्युजिक भिडियोमा प्रदीप खड्का, नीति शाह बालकलाकार आरिहन पौडेल र निभान चन्दले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस
Advertisement