अख्तियार आयुक्त चन्द अमेरिका जाँदै (मन्त्रिपरिषद्का १९ निर्णय)

अख्तियार आयुक्त चन्द अमेरिका जाँदै (मन्त्रिपरिषद्का १९ निर्णय)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द अमेरिका जाने भएका छन् । यहि अप्रिल ८ देखि ९ गतेसम्म वासिङ्टन डीसीमा आयोजना हुने एन्टिकरप्सन ग्लोबल फोरममा सहभागी हुन उनी अमेरिका जाने भएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आयुक्त चन्दलाई अमेरिका जान स्वीकृति दिएको जानकारी दिए ।

यस्तै बैठकले थाइल्यान्डको बैंककमा २०८१ फागुन १९ देखि २१ ९तदनुसार ३ देखि ५ मार्च, २०२५ ० सम्म आयोजना हुने एसिया प्यासिफिक रिजनल प्रिपेरेटोरी मिटिङ फर द सेकेन्ड युनाइटेड नेसन्स फुड सिस्टम समिट स्टकटेकिङ मुमेन्ट कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा अग्निप्रसाद खरेल (झापा) लाई नियुक्त गरिएको छ ।