जयशंकर नेपाल आउँदा नेताहरुलाई दूतावासमा रात्री भोज !


काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भारतीय दूतावासले नेपाली शीर्ष नेताहरुलाई लैनचौरस्थित दूतावासमा रात्री भोजको कार्यक्रम आयोजना गर्ने भएको छ ।

जयशंकर आगामी ४ भदौमा नेपाल आउन लागेका हुन् । जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउने बताइए पनि भ्रमणको उद्देश्य उच्च राजनीतिक भेटवार्ता भएको बताइएको छ । जयशंकरले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ ।

यसअघि तरकारीमा विषादी परीक्षण र आइफा अवार्डजस्ता विवादका कारण हुनै लागेको जयशंकरको भ्रमण एकाएक रोकिएको थियो । गत महिना मात्र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख मिान्त गोयल नेपाल आएर फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement